चितवन । सामाजिक उत्तरदायित्व अन्तर्गत कालिका यामाहा कोषले खैरहनी १० स्थित कठार माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
पूर्वी चितवनका विभिन्न विद्यालयमा अध्ययनरत पिछडिएका, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको अभिभावकत्व ग्रहण गर्दै आएको उक्त कोषले यस पटक सो विद्यालयका ७ जना विद्यार्थीलाई स्कुल पोसाक, ब्याग, जुत्ता-मोजा, कपि, पेन, पेन्सिल, ज्यामिट्रि बक्स, क्यालकुलेटर लगायतका आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
हाल कोषको अभिभावकत्वमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ४१ जना विद्यार्थी रहेका छन्। कोषले ‘व्यवसायीको धर्म हो सामाजिक उत्तरदायित्व’ भन्ने नाराका साथ शिक्षा क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाएको छ।





















उज्यालो खबर
















