×

नवलपुर । नवलपुर जिल्लाको कावासोती नगरपालिका–८ सगरमाथा टोलमा घरेलु विवादका क्रममा श्रीमानले प्रहार गर्दा श्रीमतीको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ४२ वर्षीय सुर्यप्रसाद पाण्डेले आफ्नी ३७ वर्षीया पत्नी संगिता पौडेल पाण्डेलाई धारिलो हतियार (चक्कु) प्रहार गरेका थिए। शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकी पौडेललाई तत्कालै ११ जनाको प्रहरी टोली खटिएर उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो।

तर, उपचारको क्रममा साँझ ७:१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनापछि आरोपी सुर्यप्रसाद पाण्डे प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया