×

चितवन-  दक्षिण कोरियामा अध्ययन गर्न इच्छुक विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै गोल्डेन इमिनेन्ट प्रा.लि. को आयोजनामा भोलि साउन २९ गते चितवनको भरतपुर गार्डेन रिसोर्टमा बृहत शैक्षिक सेमिनार आयोजना हुँदैछ। कार्यक्रममा कोरियाको प्रतिष्ठित क्यूंगसंग युनिभर्सिटी (Kyungsung University) का डिन र प्राध्यापकहरू सहितको प्रतिनिधिमण्डल सहभागी हुँदैछ।

सेमिनारमा कोरियाली विश्वविद्यालय, कोर्स, छात्रवृत्ति, भर्ना प्रक्रिया, भिसाको सम्भावना, ट्युसन फि, कोरियाली जीवनशैली तथा कानुनी पक्षहरूबारे प्रत्यक्ष जानकारी दिइनेछ। आयोजक गोल्डेन इमिनेन्ट का प्रबन्ध निर्देशक प्रकाश रिजालका अनुसार सहभागी विद्यार्थीलाई सतप्रतिशतसम्म छात्रवृत्तिको अवसर प्रदान गरिनेछ। उनका अनुसार, कोरियाली विश्वविद्यालयको प्रतिनिधित्वमा नेपालमै आएर विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्ने यो दुर्लभ अवसर हो।

पहिलो सेमिनार आज साउन २८ गते काठमाडौंमा सम्पन्न भइसकेको छ। कार्यक्रममा सहभागी विद्यार्थी र अभिभावकहरूले कोरियामा अध्ययन गर्न आवश्यक सम्पूर्ण जानकारी प्रत्यक्ष रूपमा प्राप्त गरेका थिए। काठमाडौंको कार्यक्रममा पनि Kyungsung University का प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा गोल्डेन इमिनेन्टका पूर्वविद्यार्थीहरू तथा कोरियामा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूबाट पनि अनुभव सन्देशहरू प्रस्तुत गरिएका थिए।

सेमिनार श्रृंखलाको अन्तिम कार्यक्रम साउन ३० गते बुटवलको दियालो फुडल्याण्डमा हुने छ। चितवन र बुटवल आसपासका विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गरी सहभागिता सुनिश्चित गर्न आयोजकले आग्रह गरेको छ। सिट सीमित भएकाले अग्रिम दर्ता अनिवार्य गरिएको छ।

गोल्डेन इमिनेन्टले विगतमा सयौं विद्यार्थीलाई छात्रवृत्तिमा कोरियाली विश्वविद्यालयमा पठाइसकेको अनुभव छ। कोरियाको गुणस्तरीय शिक्षा, किफायती शुल्क र सहज जीवनशैलीका कारण पछिल्ला वर्षहरूमा नेपाली विद्यार्थीहरूबीच कोरिया अध्ययन गन्तव्यका रूपमा लोकप्रिय बन्दै गएको आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया