भरतपुर- भरतपुर १०, चितवनस्थित भ्याली स्टेट कलेजले शैक्षिक सत्र २०८२/८३ का लागि BBA (Bachelor of Business Administration), BHCM (Bachelor in Health Care Management) र MBA (Master of Business Administration) कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त यस कलेजले व्यवहारिक र प्रयोगात्मक शिक्षण प्रणालीलाई प्रमुख विशेषताका रूपमा अगाडि सारेको छ।
कलेजका प्राचार्य बाबुराम खनालका अनुसार, भ्याली स्टेट कलेजले शिक्षणमा Simulation Method, Case Study Method जस्ता अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी मानिएका शिक्षण विधिहरूको प्रयोग गर्दै आएको छ। “शैक्षिक नतिजासँगै विद्यार्थीको Skill Development मा समेत ध्यान दिइँदै आएको छ,” प्राचार्य खनालले बताए।
चितवन जिल्लामै पहिलो पटक सञ्चालनमा आएको Bachelor in Health Care Management (BHCM) कार्यक्रम भ्याली स्टेट कलेजले मात्रै सञ्चालन गर्दै आएको छ। स्वास्थ्य सेवा व्यवस्थापनतर्फ रुचि राख्ने विद्यार्थीका लागि यो कार्यक्रम नयाँ अवसरका रूपमा आएको कलेज प्रशासनले जनाएको छ।
कलेजले “पढ्दै कमाउने (Earn While You Learn)” नारालाई व्यवहारमा उतार्दै आएको छ। यस अवधारणाअन्तर्गत धेरै विद्यार्थीहरूले अध्ययनकै क्रममा रोजगारीको अवसर प्राप्त गरी कलेजको शुल्क आफैं तिर्ने अवस्था सिर्जना गरेका छन्।
“विद्यार्थीहरूलाई केवल किताबी ज्ञान होइन, उनीहरूलाई जीवनोपयोगी सीप, अनुभव र आत्मनिर्भरता पनि प्रदान गर्न हामी प्रतिबद्ध छौं,” प्राचार्य खनालले भने।
प्रयोगात्मक शिक्षा, आधुनिक विधि र सशक्त प्रशासनको समिश्रणले भ्याली स्टेट कलेजलाई चितवन क्षेत्रमै गुणस्तरीय उच्च शिक्षाको अग्रणी विकल्प बनाएको विद्यार्थी तथा अभिभावकको प्रतिक्रिया रहेको छ।



उज्यालो खबर




