×

चितवन – चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. ४ पिपलचोकमा गएराति भएको आगलागीबाट एक जना स्थानीय बासिन्दाको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। राति करिब ३:०० बजेको समयमा राजिव सापकोटाको गोठमा अचानक आगो लागेको थियो।

घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट कृष्णपुरबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। आगलागीका कारण गोठमा रहेका विभिन्न सामग्री जलेर नष्ट भएका छन्।

जलेका सामानहरूमा चार थान लो-बेड, एक थान डायनिङ टेबल, एक थान पलङ, चार थान झ्याल तथा ढोका, साथै अन्दाजी चार क्विन्टल दाउरा रहेका छन्।आगो कसरी लाग्यो भन्नेबारे हालसम्म स्पष्ट हुन सकेको छैन।

तपाईको प्रतिक्रिया