×

गैँडाकोट-चितवनको भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा गएराति भएको एक कुटपिट घटनामा एक जना व्यक्ति घाइते भएका छन् । ५६ वर्षीय सुक बहादुर बि.क. पोखराली ढुंगाले टाउकोमा प्रहार गर्दा घाइते भएका हुन् ।

स्थानीय कर्णसिंह बि.क.ले राति करिब ९ः०० बजे टाइल प्रहार गरी सुक बहादुर बि.क.लाई घाइते बनाएका थिए । घाइतेको टाउकोमा चोट लागेकाले उनलाई उपचारका लागि तत्कालै भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको हो ।

चिकित्सकका अनुसार घाइतेको अवस्था मध्यम रहेको छ ।कुटपिटमा संलग्न रहेका कर्णसिंह बि.क.लाई ईलाका प्रहरी कार्यालय गितानगरको नियन्त्रणमा लिइएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया