×

चितवन- माछापुच्छ्रे तेक्वान्दो डोजाङको आयोजनामा र पटिहानी इभेन्टको व्यवस्थापनमा ८६औं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता पटिहानी कवड हल, भरतपुर–२२ मा सम्पन्न हुँदैछ। प्रतियोगिता जेठ १६ र १७ गते आयोजना हुने बताइएको छ।

महिला र पुरुष दुबै समावेश गरिने प्रतियोगितामा स्पारिङ्गतर्फ १३ वटा वजन समूह र पुम्सेतर्फ ३ वटा उमेर समूहमा प्रतिस्पर्धा गराइनेछ। आयोजकका अनुसार प्रतियोगितामा करिब ५०० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ।

प्रतियोगिताका प्रथम स्थान हासिल गर्ने स्पारिङ्ग र पुम्से विजेताहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ। यस प्रतियोगिताबाट जिल्लाभित्रका उत्कृष्ट तेक्वान्दो खेलाडी पहिचान र प्रोत्साहन हुने विश्वास आयोजकले व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया