×

रत्नगर- नेपाल कम्युनिस्ट पार्टी (एमाले) रत्नगर-१ वड़ा कमिटीले पार्टी सदस्य हरूको बिशेष भेला शनिवार सम्पन्न गरेको छ ।
भेलाको अध्यक्षता क. तुलसी गिरी र सञ्चालन  बाबुराम श्रेष्ठले गर्नुभएको थियो भनें जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज  पुष्प जोशीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा बागमती प्रदेश संसदीय दलका नेता कमरेड जेएन थपलिया ज्युको प्रमुख आतिथ्यता रहेको थियो । भनें अन्य अतिथिहरुमा पार्टी केन्द्रीय कमिटी सदस्य  कपिल पोखरेल , बागमती प्रदेश कमिटीका सदस्य तथा रत्ननगर इन्चार्ज टिका पौडेल , बागमती प्रदेश कमिटी सदस्यहरु बिमला दुवाड़ी ,कमरेड राजाराम रेग्मी , चितवन जिल्ला कमिटिका उप-सचिब  ज्वालापुरी बन , बागमती प्रदेशका विभागीय सदस्य  खगेन्द्र पौडेल , जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर-१ का संयोजक  प्रेम दुवाड़ी रत्ननगर नगर कमिटीका अध्यक्ष ईस्वरी प्रसाद अर्याल ,सचिब  सागर मिश्र , उपसचिब  सबिता चौधरी , नगर कमिटी सदस्यहरु ,अनेमसंघ जिल्ला कमिटी सचिब  संगीता खनाल , जिल्ला लेखा कमिटी सदस्य सबीन रेग्मी , अनेमसंघ नगर कमिटी अध्यक्ष  चन्द्रिका महत केसी लगायतका कमरेडहरूको आतिथ्यता रहेको थियो ।

भेलाले कार्यबाहक अध्यक्ष क तुलसी गिरीलाई अध्यक्ष पदमा पदपुर्ति गरेको छ । त्यसैगरी उपसचिबमा क।मिना खनाल , क.महेन्द्र चौधरी र कमिटी सदस्यहरुमा  कृष्ण उपाध्याय ,  रोशिना श्रेष्ठ , उद्धव कुँवर, किरण कुँवर र  भक्तकुमारी कार्कीलाई रिक्त पदपुर्ति गरिएको छ। प्रमुख अतिथि कमरेड जेएन थपलियाले कार्यक्रमको उदघाटन गर्दै सम्बोधन गर्नुभएको थियो भनें अन्य अतिथिहरू कमरेडहरु टिका पौडेल र कमरेड कपिल पोखरेलले पनि सम्बोधन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया