भरतपुर- भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकू स्थित श्री माध्यमिक विद्यालय लंकू,बाह्रघरेले ५३ औं बार्षिकोत्सव एवं अभिभावक दिवसको अवसर पारेर यही फाल्गुण २ गतेदेखि १६ गतेसम्म स्वर्ण महोत्सव आयोजना गरेको र त्यसको तयारी तिब्रताका साथ चलिरहेको त्यसै विद्यालयका बिज्ञान शिक्षक सुमन भण्डारीले जानकारी दिनुभयो ।
स्वर्ण महोत्सवको अवसरमा राखिएका विभिन्न कार्यक्रम लामो अवधिका देखिएतापनी फाल्गुन ९ गतेसम्म नियमित पठनपाठन सङ्गसंगै विद्यार्थीहरुलाई विविध बौद्धिक कार्यक्रममा सहभागी गराउने र ११ गतेदेखि १६ गतेसम्म विद्यार्थीहरुलाई सक्रिय सहभागी गराई भव्य रुपमा स्वर्ण महोत्सव मनाउने योजना रहेको स्पष्ट पार्नुभयो । स्वर्ण महोत्सवको अन्तिम दिन समापन समारोह भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको प्रमुख आतिथ्यतामा हुने र सोहिदिन स्वर्ण स्तम्भ र स्वर्ण द्वारको समेत उद्घाटन गर्ने कार्यक्रम रहेकोले निकै व्यस्तता रहेको शिक्षक भण्डारीले जानकारी गराउनु भयो ।
स्वर्ण महोत्सवको खेल सप्ताह शुक्रबार देखि सुरु भएको र शनिबार सार्वजनिक बिदाको दिन पारेर विद्यालयले निस्शुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । सो शिविर स्वास्थ्य शिविर उपसमितिको आयोजना, एभरेस्ट हस्पिटल प्रा।ली।को सहकार्य र डा.मनोज कंडेलको संयोजकत्वमा ७ जना विशेषज्ञ डाक्टर सहितको ११ जनाको टोलि सेवा प्रदान गर्न खटिएको थियो । आजको शिविरमा हाडजोर्नी तथा नशारोग , बाथरोग, दन्तरोग, पेट सम्बन्धी रोगका बिरामिहरुले सेवा लिएका थिए । बिरामीहरुलाई कस्तुरी फर्माक्युटिकल्स प्रा.लि. र TIME फर्माक्युटिकल्स प्रा. लि. ले निस्शुल्क उपलव्ध गराएको थियो भने डाक्टर स्वयंले पनि आफै औषधी उपलब्ध गराउनु भएको थियो ।
कार्यक्रममा सोही विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थी स्वयंसेवकको भुमिकामा रहेको र समग्र व्यवस्थापनमा विद्यालय परिवार खटिएको नायक शिक्षिका सृजना गौतमले बताउनु भयो । आजको स्वास्थ्य शिविर बिहान ८ बजेदेखि शुरु भइ दिउँसो २ बजेसम्म चलेको थियो ।
शिविरको कार्यक्रम सकिएपछि सोही विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष एवं स्वर्ण महोत्सव मुल समारोह समिति संयोजक शिव राज लामिछानेको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक ऋषिराम खरेलको सन्चालनमा डाक्टर सहितको टिमलाई धन्यवाद ज्ञापन गर्दै सम्मान सहित बिदाई गरिएको थियो ।
सो कार्यक्रममा विद्यालयको सेवाक्षेत्र भित्रका सम्पुर्णलाई र शिक्षाक्षेत्रमा समभावराख्ने भरतपुरवासिलाई स्वर्ण महोत्सवको कार्यक्रमहरुको अवधिभर सक्रिय सहभागिता जनाई उपस्थिति जनाउन र स्वर्ण महोत्सव सभ्य र भव्यरुपमा सफल बनाउन अध्यक्ष शिव राज लामिछानेले आग्रह गर्नुभएको थियो



उज्यालो खबर




