×

चितवन – चितवनमा कक्षा ९ मा अध्ययनरत एक छात्राले अङ्ग्रेजी उपन्यास लेखेकि छिन् । भरतपुर महानगरपालिका वडा नं. १२ मा रहेको एडभेन्चर स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा प्रेक्षा शर्माद्धारा लिखित अंङ्ग्रेजी उपन्यास Finding The Horizon को बुधबार एक समारोहका विच विमोचन गरिएको हो ।

भरतपुर महानगरपालिका वडा नं. १२ का अध्यक्ष लेदनाथ पन्त साहित्यकारहरु एलवी क्षेत्री,प्राध्यापक डाक्टर कर्ण बानिया, विद्या भण्डारी लगायतले संयुक्त रुपमा उपन्यासको विमोचन गर्नुभएको विद्यालयले जनाएको छ ।

उपन्यास विमोचन कार्यक्रममा प्याब्सन भरतपुरका अध्यक्ष मिनराज बस्ताकोटी,सल्लाहकार लेखनाथ खनाल, अंकुरम स्कुलका निर्देशक नयम चौधरी,भ्याली स्टेट कलेजका प्राचार्य बाबुराम खनाल,प्राध्यापक घनश्याम राज काफ्ले, बश्याल बंश समाजका अध्यक्ष राजु बश्याल लगायतको उपस्थिति रहेको थियो ।

उपन्यासकार प्रेक्षा शर्मा एडभेन्चर स्कुलका प्राचार्य प्रेम शर्मा बश्यालकी छोरी हुन् । २०६७ साल पौष १८ गते बेलायतमा जन्मिएकी प्रेक्षा ५ वर्षकै उमेरमा नेपाल फर्किएकी थिइन् । अध्ययनमा समेत अव्वल उनि हरेक दिनजसो साहित्यिक कृतिहरु समेत पठनपाठन गर्ने गरेको बुवा प्रेम शर्मा बश्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया