×

भरतपुर- स्वीट स्ट्रेन्थ ट्रेनिङ सिस्टमको आयोजनामा चितवनमा पहिलो पटक स्वीट क्लासिक २०२४ स्ट्रंगेस्ट इन चितवन प्रतियोगिता हुने भएको छ ।पौष १३ गते शनिबार भरतपुरमा हुने प्रतियोगितामा पुरुषतर्फ ६२ के.जि, ६९ के.जि, ७७ के.जि, ८५ के.जि मुनी वेट क्याटगोरी, ८५ के.जि भन्दा माथिको वेट क्याटगोरी र महिलातर्फ ६० के।जि।मुनीका वेट क्याटगोरी र ६० के.जि भन्दा माथि वेट क्याटगोरी गरी ७ वटा वेट क्याटगोरीमा प्रतिस्पर्धा हुने संस्थाका अध्यक्ष आकृत बरुवालले जानकारी दिनुभयो ।

प्रतियोगितामा चितवनबाट अन्तराष्ट्रिय बडी बिल्डिङ्ग एशोसिएशन का निर्णायक बोध बहादुर खड्का, प्रशिक्षक तथा खेलाडी दिनेश कँडेल, काठमाण्डौंबाट प्रशिक्षकहरु सुरज डंगोल, सुरज सिंह राना निर्णायकको रुपमा रहने कार्यक्रमका सचिव रोहित गुरुङ्गले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रत्येक क्याटगोरीमा प्रथम हुनेलाई ५ हजार, दोश्रो हुनेलाई ३ हजार र तेश्रो हुनेलाई २ हजार नगद सहित मेडल, गिफ्ट ह्याम्बर प्रदान गरिने कोषाध्यक्ष मारिया गुरुङ्गले जानकारी दिनुभयो । त्यस्तै पुरुष र महिलातर्फका ओभरअल बिजेतालाई रु १०–१० हजार नगद प्रदान गरिने गुरुङ्गले बताउनुभयो ।

प्रतियोगितामा चितवन जिल्लाभित्र सञ्चालनमा रहेका जिम हाउसहरुबाट २४ जना पुरुष र १४ जना महिला गरी ३८ जनाले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र प्रतियोगितामा प्रमुख अतिथिको रुपमा एनवाईएफसिका अध्यक्ष सुकदेव कार्की आउने संस्थाका उप–सचिव सुधीर श्रेष्ठले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया