चितवन – पुर्खौली घर गुल्मी भै चितवन र यसआसपासमा बसोबास गर्दै आएका गुल्मेलीहरुको संस्था गुल्मी चितवन मैत्री समाजको आयोजनामा हरितालिका तिजको अवसरमा “तिज विशेष कार्यक्रम २०८१” आयोजना हुने भएको छ ।भदौ १५ गते शनिवार भरतपुर महानगरपालिका वडा नं. ४ को कार्यालय नजिकै रहेको फूर्डमार्ट पार्टी प्यालेसमा तिज विशेष कार्यक्रम हुन लागेको गुल्मी चितवन मैत्री समाजले जनाएको छ ।
विहान ११ वजेदेखि शुरु हुने मौलिक तिजगित कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन समाजले सबै गुल्मेली दाजुभाई तथा दिदिबैनीहरुमा अनुरोध गरेको छ ।तिज गित कार्यक्रमका संयोजक सिता खनाल अर्यालले गुल्मी चितवन मैत्री समाजले आयोजना गरेको सो कार्यक्रममा जन्मथलो गुल्मी भएका दिदिबैनी तथा दाजुभाइहरु सहभागि हुनसक्ने बताउनुभयो ।
आजभन्दा २० बर्षअघि स्थापना भएको गुल्मी चितवन मैत्री समाजले तिज, दशै तिहार जस्ता महान पर्वहरुमा कला र संस्कृतिको जर्गेनाका लागि विभिन्न सृजनात्मक कामहरु गर्दै आइरहेको छ ।



उज्यालो खबर




