चितवन – नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा चितवनको भरतपुर महानगरपालिका ६ गितानगरमा रहेको ब्रह्मदेव आमा समूहले दिदिबैनीहरुका विचमा खुसी साटासाट गरेको छ । ब्रह्मदेव महिला समूहको आयोजना तथा ब्रह्मदेव टोलविकास संस्थाको सहआयोजानमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
ब्रह्मदेव टोलविकास संस्थाका ज्येष्ठ नागरिक खेमादेवी अधिकारीको प्रमुख आतिथ्यता तथा ब्रह्मदेव आमा समूहका अध्यक्ष सिता पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा मौलिक तिज गित गाउदै शुभकामना साटासाट गरिएको थियो । सो अवसरमा दिदिबैनीहरु दरखाने कार्यक्रममा समेत सहभागी भएका थिए । सो अवसरमा टोलविकास संस्थामा रहेका २५० जना महिलादिदिबैनीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा थारु तथा मध्यपहाडी क्षेत्रीय साँस्कृतिक संङग्राहलयका अध्यक्ष ज्ञानु शर्मा (गुरागाई), ब्रह्मदेव टोलविकास संस्थाका अध्यक्ष कृष्णराज सुवेदी, ब्रह्मदेव खेलकुद विकास समितिका अध्यक्ष मिनबहादुर थापा, बालक्लवका अध्यक्ष शुसान्त तिमिल्सिना लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।



उज्यालो खबर




