चितवन । जापान अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै परामर्श दिदैं आएको नारायणगढको शहिदचोक स्थित निप्पोन एजुकेसनल सेन्टरले आफ्नो स्थापनाको १४ औं बार्षिकोत्सव मनाएको छ । निप्पोन एजुकेसनल सेन्टर मंगलबार बाट स्थापनाको १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको हो ।
कार्यालयमा एक कार्यक्रमबीच केक काटेर वार्षिकोत्सव मनाईएको छ । सेन्टरले वार्षिक उत्सवको अवसरमा बुझ्न सरल जापानिज भाषा ’वाकरी यासुई निहोनगो’ नामक पुस्तक समेत बिमोचन गरेको छ । पुस्तकको विमोचन प्रमुख अतिथी इक्यान चितवनका वरिष्ठ सल्लाहाकार डा। अंगत कुमार गुप्ता, अतिथी निप्पोनको सम्पर्क कार्यालय साईता जापानका अफिसर हेड देवराज अधिकारी लगायतका अतिथिहरुले गरेका हुन् । प्रमुख अतिथि डा. गुप्ताले यस पुस्तकले विद्यार्थीलाई भाषा सिकाईको साथै त्यस देशको विकास, संस्कृति, संस्कार ऐन कानुनका विषयमा जानकारी दिने बताए ।उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यसहित २०६७ भाद्र ११ गते ९सन् २०१०० मा निप्पोन स्थापना भएको थियो ।
निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको छ । सफलताका साथ स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको कार्यक्रमका सभापति एवम् संस्थाका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले बताए । भट्टराईले विद्यार्थी, अभिभावक, शिक्षकलगायत सबैको मेहेनत र सहयोगले संस्था सफल भएको बताए ।उनले १४ बर्षमा संस्थाबाट धेरै विद्यार्थीहरुले सेवा लिएको समेत बताए । जापानिज भाषाबाट नै नामाकरण गरिएको निप्पोनले गुणस्तरिय भाषा कक्षा र परामर्श दिदै आएको निप्पोनले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जित्न सफल भएको उनको भनाई छ ।



उज्यालो खबर




