चितवन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा चितवनको रत्ननगर नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिका ठहरिएको छ । चितवनका सबै स्थानीय तहहरुलाई पछि पार्दै रत्ननगर नगरपालिकाले जिल्लामा आफुलाई पहिलो स्थानमा उभ्याउन सफल भएको हो । देशभरका स्थानीय तहहरुमध्ये रत्ननगर नगरपालिका तेस्रो स्थानमा आउन सफल भएको छ ।धादिङको नीलकण्ठ उत्कृष्ट, रूपन्देहीको तिलोत्तमा नगरपालिका दोस्रो र चितवनको रत्ननगर नगरपालिका तेस्रो भएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले बताउनुभयो ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार मन्त्रालयले देशभरीका ७५३ वटै स्थानीय सरकारको संस्थागत क्षमता मूल्यांकन गरेको थियो।मन्त्रालयले स्थानीय सरकारको क्षमता मूल्यांकनका लागि १० क्षेत्र र सूचक तोकेको थियो।
स्थानीय सरकार संस्थागत क्षमता मूल्यांकनमा देशकै तेस्रो तथा जिल्लाको प्रथम नगरपालिकाको रुपमा पर्न सफल भएको भन्दै रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुकदेव लम्सालले नगरप्रमुखको समन्वय कर्मचारीहरुको मेहनतका सफलता मिलेको बताउनुभयो ।
रत्ननगरले शासकीय प्रवन्धमा ९, संगठन तथा प्रशासनमा ७.७५,बार्षिक बजेट तथा योजना तर्जु व्यवस्थापनमा ७.७५,वित्तिय एवंम् आर्थिक ब्यवस्थापनमा १०.७५,सेवा प्रवाहमा १४.२५,न्यायीक कार्यसम्पादनमा ७,भौतिक पूर्वाधारमा ११.२५,समाजिक समावेशीकरणमा १० र वाताबरण संरक्षण तथा विपत् व्यवस्थापनमा ७.७५ अंक सहित कुल ९१.५० अंक प्राप्त गरेको छ ।

शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजे तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय गरी १० वटा क्षेत्र र त्यसमा फरक फरक पूर्णांक तोकिएको थियो।



उज्यालो खबर




