भरतपुर- चितवनको भरतपुरमा भदौँ ७ गते ब्राईट स्टार सांगीतिक साँझ हुने भएको छ । ब्राईट स्टार समाज नेपालमा आश्रित बालबालिकाहरुको सहयोगार्थ होटल सिराईचुलीमा म्यूजिकल ईभेन्ट्स २०८१ अन्र्तगत (ब्राईट स्टार सांगीतिक साँझ) हुन लागेको हो । विगत लामो समयदेखि चितवनमा सामाजिक कार्य तथा सांगीतिक कार्यक्रम गर्दै आएका सुरेश जोशीको विशेष पहलमा ब्राईट स्टार सांगीतिक साँझ गरिन लागेको हो ।
आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियार र रेस्मा पुनसगैँ गायक अलिफ खानको सांगीतिक साँझमा विशेष प्रस्तुती रहनेछ । स्थानिय गायन क्षेत्रमा अब्बल बनेका गायक राजिव डंगोलले समेत कार्यक्रम शिवेष एकल प्रस्तुती दिनेछन् । साथै कार्यक्रममा विशेष महोल बनाउन डान्सर सन्ध्या सानुले समेत विशेष प्रस्तुती दिने कार्यक्रम संयोजक सुरेश जोशील जानकारी दिए । जोशीका अनुसार भदौँ ७ गते साँझ ७ बजेदेखि होटल सिराईचुलीमा कार्यक्रम हुने छ । कार्यक्रममा प्रवेशका लागि १ हजार रुपैयाको टिकटको व्यवस्था गरिएको उनले बताए ।



उज्यालो खबर




