×

चितवन– विहानैदेखि परेको पानीको कुनै प्रवाह नगरी एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले आयोजना गरेको शैक्षिक मेला ‘इन्लाइटन एडु’ मा विद्यार्थीहरुले उत्साहजनक सहभागिता जनाएका छन् ।एक्सपर्ट चितवनको कार्यालय भवन ‘बेसक्याम्प’मा आज (बुधबार) बिहान १० बजेदेखि सुरु भएको शैक्षिक मेला दिउँसो ३ बजेसम्म चलेको थियो । पानी परेपनि विद्यार्थी तथा अभिभावकहरु समयमै कार्यक्रममा सहभागिता जनाएका थिए । उनीहरुले शैक्षिक मेलामा आफूले बुझ्न चाहेको विषय र आफ्नो अपेक्षा पुरा भएको प्रतिक्रिया दिएका थिए ।

मेलामा अष्ट्रेलिया, युके र न्युजिल्याण्डका ५० भन्दा बढी युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुले विद्यार्थीलाई जानकारी दिएका थिए । उनीहरुले विद्यार्थीहरु निकै जिज्ञासु रहेको र वर्षाकाबीच पनि उत्साहजनक विद्यार्थी उपस्थिति जनाएको भन्दै खुशी व्यक्त गरेका थिए ।
एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले वर्षाको कुनै प्रवाह नगरी मेलामा सहभागिता जनाएको भन्दै सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरुलाई धन्यवाद दिए ।

उनले ब्याचलर्स, मास्टर्स तथा रिसर्च लेभलका विभिन्न प्रोग्राममा पढ्न विदेश जान चाहने विद्यार्थीका लागि मेला फलदायी बनेको बताए । उनले भने–‘मेलामा सहभागि विद्यार्थीबाट सकरात्मक प्रतिक्रिया आएको छ, सही परामर्शका लागि एक्सपर्ट सदैव यसरी नै सहयोगी बन्नेछ ।’
शैक्षिक मेलामा सहभागि विद्यार्थीहरुलाई हातखाली नजाने उपहारको समेत व्यवस्था गरिएको थियो । उनीहरुले पेन, छातादेखि स्केटिङ, कपाल काट्ने तालिममा छुटलगायतको कुपन प्राप्त गरेका थिए ।

एक्सपर्टले २१ वर्षदेखि शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँबाट अष्ट्रेलिया, क्यानडा, युके, युएसए, न्युजिल्याण्ड तथा आयरल्याण्डका विश्वविख्यात युनिभर्सिटी तथा कलेजमा अध्ययन गर्न जानका लागि शैक्षिक परामर्श प्रदान गरिन्छ । साथै एक्सपर्ट चितवनमा भाषा परीक्षाहरू आइइएलटिएस, पिटिई र स्याट तयारी कक्षा पनि सञ्चालन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया