चितवन । भरतपुर महानगरपालिका वडा नं। २७ मेघौलीस्थित क्लिनिक नेपालले विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको छ। संस्थाले एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरेको हो ।
क्लिनिक नेपालका म्यानेजर सुमन पौडेलका अनुसार वडा कार्यालयसँग समन्वय गरेर विपन्न परिवार पहिचान गरी बीमा गरिएको हो। सुकुम्बासी समुदायको बसोबास रहेको सिसौघारी टोल सुधार समितिका ७८ परिवार र क्लिनिक नेपालले छात्रवृत्ति प्रदान गरी पढाइरहेका २५ विद्यार्थीका परिवारको बीमा गरिएको गरिएको पौडेलले बताउनुभयो । प्रति परिवारको ३५ सयदेखि ५६ सय रुपैयाँ शुल्क तिरेर बीमा गरिएको पौडेलले जानकारी दिनुभयो ।
भरतपुर २७ का वडाध्यक्ष रामबहादुर भण्डारीले कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट बञ्चित परिवारलाई वडा कार्यालयको समन्वयमा स्वास्थ्य बीमा गरिएको बताउनुभयो । आगामी वर्ष अन्य टोलका विपन्न परिवारको बीमा गराउने उहाँको भनाई छ ।



उज्यालो खबर

