चितवन–उच्च शिक्षा अध्ययनका लागि अमेरिका र क्यानडा जान चाहने विद्यार्थी लक्षित भरतपुरमा ‘एक्सपर्ट युएसए–क्यानडा हाइयर एडु कन्क्लेभ’ हुँदैछ ।एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनको आयोजनामा यही जुन १२ अर्थात् जेठ ३० गते बुधबार भरतपुर–१० स्थित बेस क्याम्पसमा कार्यक्रम हुन लागेको हो ।
विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने कार्यक्रममा अमेरिका र क्यानडाको २० भन्दा बढी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुको सहभागिता रहने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले जानकारी दिए ।‘कक्षा १२ वा ब्याचलर गरेर बसेका विद्यार्थीहरु पढ्नका लागि यदि अमेरिका र क्यानडा जान चाहना छ भने कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिन सक्नेछन्, कार्यक्रममा अभिभावक तथा विद्यार्थीहरु सहभागि भएर यसको फाइदा उठाउन सक्नुहुनेछ’–प्रबन्ध निर्देशक अधिकारीले भने ।
यस कार्यक्रममा सहभागि हुने सबै विद्यार्थीहरुलाई हातखाली नजाने विभिन्न प्रकारका उपहारहरुको समेत व्यवस्था गरिएको छ । जस अन्तरगत लक्की ड्र मार्फत स्केटिङ टिकट, एक्सपर्टको लोगो अंकित विभिन्न उपहारको साथमा ड्राइभिङ, बारिष्ता र हेयर ड्रेसिङ तालिमको छुट भौचर पाउने छन् ।
एक्सपर्टले विभिन्न समयमा अष्ट्रेलिया, युके, क्यानडा, युएसए, न्यूजील्याण्डलगायतको यस्तै प्रकारको कार्यक्रम गर्दै आइरहेको छ । आगामि अगष्ट २१ मा ती सबै देशहरुको ग्राण्ड एजुकेशन फेयर हुँदैछ । यसबाट विद्यार्थी तथा अभिभावकहरुले सिधै कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुबाट परामर्श लिन पाइरहेका छन् ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्ट सन् २००३ अगष्ट ८ मा स्थापना भएको हो । एक्सपर्टका हाल २० वटा देशमा ६० भन्दा बढी शाखाहरु रहेका छन् । एक्सपर्टले मुख्यगरी उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके, न्यूजील्याण्ड, आयरल्याण्डका लागि शैक्षिक परामर्श दिँदै आइरहेको छ । एक्सपर्टले परामर्शसंगै आइइएलटिएस÷पीटीइ कक्षाहरु समेत संचालन गर्दै आइरहेको छ ।



उज्यालो खबर




