चितवन- चितवनको इच्छाकामना गाउँपालिका वडा नं. १ मा अवस्थित सिराइचुली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरिएको छ । रसायन तथा मेडिकल आपुर्तिसंघ नेपाल जिल्ला कार्यसमिति चितवन (केमसान) ले सो विद्यालयका ५० जना विद्यार्थीहरुका लागि स्टेशनरी तथा खेलकुद सामाग्री वितरण गरेको जनाएको छ ।
केमसानको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका विद्यार्थीहरुलाई झोला, कापी, सिसाकलम, इरेजर, सापनर,फुटवल, टेवल सापनर र फस्टएड बक्स गरि करिव ५० हजार रुपैया बराबरको स्टेशनरी तथा खेलकुद सामाग्री सहयोग गरिएको केमसानका सदस्य एवम् ब्रोदर्श सर्जिकलका सञ्चालक बसन्त राज पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै केमसान चितवनका अध्यक्ष श्रीकृष्ण भण्डारीले सुगम जिल्लाको दुर्गम भूभागमा रहेको ईच्छाकामना गाउपालिकामा पर्ने सिराइचुली आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्न पाउदा आत्मसन्तुष्टी मिलेको बताउनुभयो । भौगोलिक रुपमा विकट क्षेत्रमा सहयोगी हातहरुको उपस्थिति कम हुने भन्दै आफुहरुले सिराइचुली आधारभूत स्कुललाई रोजेको बताउनुभयो । आगामि दिनमा समेत केमसानले दुरदराजमा रहेका विद्यार्थीहरुलाई सहयोग गर्ने अध्यक्ष भण्डारीको भनाई थियो ।
रसायन तथा मेडिकल आपुर्तिसंघ नेपाल जिल्ला कार्य समिति चितवनका अध्यक्ष श्रीकृष्ण भण्डारीको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न बहादुर चेपाङ र प्रधानाध्यापक दिल बहादुर पुरीको विशेष आतिथ्यतामा भएको सहयोग हस्तान्तरण कार्यक्रममा केमसानका केन्द्रीय सदस्य अर्जुन रानाभाट शाखा महासचिव मनोज ज्ञवाली सहित जिल्ला कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन केमसानका सदस्य मिलन पुरीले गर्नुभएको थियो ।




उज्यालो खबर




