×

चितवन – चितवनको नारायणगढमा रहेको शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले चितवनको नारायणगढमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्ने भएको छ । नारायणगढको लायन्सचोकमा रहेको आफ्नै कार्यालयमा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइयो ।

राइटपाथ करियर काउन्सिलिङ चितवनका प्रमुख सुरज पौडेलका अनुसार बैशाख २९ गते राइटपाथको केन्द्रीय कार्यालय काठमान्डौ सहित बैशाख ३१ गते हेटौडामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ–२०२४’ सम्पन्न भैसकेको छ ।कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शत प्रतिशत अफर रहने छ भने फ्रि मुभी टिकेट र आर्कषक गिफ्ट ह्याम्फरको पनि व्यवस्था रहेको राइटपाथ चितवनका प्रमुख पौडेलले बताउनुभयो ।

यसैगरी यूएस लक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आएल्स २ हजार ८१ रुपैयाँमै गर्न सकिने छ ।कन्क्लेभमा २० भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिलाई विद्यार्थीले एकै छानामुनि भेट्न सक्नेछन् ।उहाँका अनुसार युनिभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीले सत्य तथ्य जानकारी पाउनेछन् भने कार्यक्रमले विद्यार्थीको रिसर्चमा पनि मद्दत पु¥याउने छ । भर्खरै प्लस टुको परीक्षा सक्किएकाले पनि धेरै विद्यार्थीका लागि यो कार्यक्रम लाभदायी हुने राइटपाथको विश्वास छ ।

तपाईको प्रतिक्रिया