चितवन–इन्टरननेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनले नेपाल टि–२० विश्वकप क्रिकेटको संघारमा रहेको बेला चितवनको नारायणी नदी किनारमा ‘बिट दि स्पीड’ कार्यक्रम गरेको छ ।शनिबार अपरान्ह नारायणी नदी किनारमा ४ बजेदेखि युवाहरुको उल्लेखीय सहभागितामा कार्यक्रम गरिएको हो उक्त कार्यक्रममा धेरै स्पीडमा बलिङ गर्नेमा विशाल यादव घोषित भएका छन् । उनले ११३ को स्पीडमा बलिङ गरेका थिए ।
कार्यक्रममा १४ जना युवाले एक सय भन्दा माथिको स्पीडमा बलिङ गरेको वल्र्डलिंक चितवनका युनिट इन्चार्ज पुष्पसागर बराकोटीले जानकारी दिए । उनका अनुसार विजेतालाई नेपाली क्रिकेट टोली विश्वकप खेलेर फर्किएपछि उनीहरुको हस्ताक्षरसहितको जर्सी प्रदान गरिने छ ।कार्यक्रममा युवाहरुको उल्लाहसपूर्ण सहभागिता रहेको थियो भने एक सयको हाराहारीमा युवाहरु कार्यक्रममा प्रत्यक्ष सहभागिगता जनाएको वल्र्डलिंक चितवनका प्रमुख नारायण घर्तीले जानकारी दिए ।
सोही अवसरमा विश्वकप क्रिकेट खेल्न अमेरिका पुगि सकेको नेपाली टोलीलाई आफ्नो शुभकामना सन्देश पठाउनका लागि वल्र्डलिंक शुभकामना बोर्ड समेत राखेको छ । जहाँ आफूले मनमा लागेको शुभकामना लेख्न सकिने छ । वल्र्डलिंकले देशैभरबाट संकलन गरिएको शुभकामना सन्देशलाई नेपाली टिम समक्ष पु¥याउने वल्र्डलिंकका प्रतिनिधि प्रशन्न सिंह कार्कीले जानकारी दिए ।
उनका अनुसार पूर्वबाट सुरु भएको यस कार्यक्रम पश्चिममा पुगेर नेपालको १५ वटा शहरहरुमा सम्पन्न हुनेछ । उनले विश्वकप खेल्न गएको नेपाली टोलीलाई प्रोत्साहनका साथै ग्राउण्ड लेबलमा बलरहरुलाई आफ्नो स्पीड क्षमता थाहा पाउन सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको जानकारी दिए ।द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वल्र्डलिंकले विभिन्न समयमा रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।



उज्यालो खबर




