×

काठमान्डौ । चलचित्र बजारमा अर्को चलचित्र बन्ने भएकोछ, चलचित्र सनिमाया । 8848 इन्टरटेनमेन्ट प्रा।लिको ब्यानर, गोकुल सुबेदिको प्रस्तुतीमा बन्न लागेको चलचित्रको शुभ मुर्हत कार्यक्रम बैशाख २० गते बुधबार भद्रकाली मन्दिरमा पुजा गरि भद्रकाली सपिङ सेन्टर स्थित बन्चरे क्याफेमा कार्यक्रम गरि सम्पन्न भएको हो ।

राज चौधरी निर्माता रहने चलचित्रको लेखन निर्देशन नव निर्देशक देव धिमाल, मुख्य सहायक निर्देशक नवीन काफ्लेले गर्ने छन , चलचित्रमा नायक अर्जुन थापा, पृयन्का श्रेष्ठ, स्वयक्षा ढकाल, अभिषेक फुइयाल, मुख्य भुमिकामा रहनेछन राम्चन्द्र अधिकारी, शारदा गिरि काली बुढी, सावित्रा चिलुवाल, राजकुमार शाह, कृष्ण प्रसाद धिताल, आइस सिङ घ्लान, भिमशेन खतिवडा, सनैया घिमिरे, लगायतको अभिनय रहने छ।

चलचित्रको आगामी जेष्ठ १५ गते बाट शुटिङमा जाने निर्माण पक्ष ले जानकारी गराएका छन, चलचित्रमा शन्कर अधिकारी घायलको गीत रहनेछ । ओयसआर डिजिटलले चलचित्रको डिजिटल पार्ट्नर रहेको छ, शुभ मुर्हत कार्यक्रममा चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष, चलचित्र निर्माता राजकुमार राइको प्रमुख आतिथिको रुपमा हुनुहुन्थ्यो, उहाँले चलचित्र बनाउनु ठूलो कुरा नरहेको तर राम्रो चलचित्र बनाउन भने चुनौती रहेको र राम्रो चलचित्र बने कलाकार नयाँ र पुरानोले खासै फरक नपर्ने र देव धिमालले राम्रो चलचित्र बनाउने मा आफू बिश्वस्त रहेको पनि बताउनु भएको थियो ।

चलचित्र कलाकार सङका अध्यक्ष वरिष्ठ कलाकार मोहन निरौला, निर्देशक समाजका अध्यक्ष जनक दिप पराजुली, ओयसआर डिजिटलका प्रोप्राइटर ॐ प्रकश अग्रवाल, कानुनबिद प्रतीक्षा पोखरेल, लायन्स क्लबका टंक नाथ पौडेल लगायत बिशिस्ट अतिथिहरुको उपस्थितिमा सम्पन्न  भएको कार्यक्रमलाइ पत्रकार एलिजा केसिले सन्चालन गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया