चितवन । चितवन-३ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको छ । दिनेशले आफूले स्वतन्त्र उम्मेदवारी दिने बताए ।
एमालेको समर्थनमा उम्मेदवारी दिएको हो भन्ने प्रश्नमा उनले भने, ‘मैले उम्मेदवारी दर्ता गर्ने भएँ, उम्मेदवारी दर्ता गरौं अरु कुरा पछि हुन्छ ।’ कोइरालालाई नेपाली कांग्रेसले यस क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको थियो ।



उज्यालो खबर




