×

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक भोलिसम्मलाई स्थगित भएको छ ।

माओवादी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले सत्ता गठबन्धनको कार्यदल बैठक र अन्य केही गृहकार्यमा नेताहरु व्यस्त हुँदा बैठक स्थगित भएको जानकारी दिए । उनका अनुसार बैठक मंगलबार बिहान ८ बजे बस्ने छ ।

स्थायी समिति बैठकले चुनावी कार्यक्रम तय गर्ने, नेताहरुको कार्यविभाजन गर्ने र पदाधिकारी चयन समेत गर्न सक्ने नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया