×

चितवनको कालिका नगरपालिकाको माध्यमिक विद्यालय रेडक्रसग्रामको स्कुल बस धादिङको धुनिबेसी–६ स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा सात वटा सवारी संलग्न भएका छन्। दुर्घटनामा चार वटा बस (जसमध्ये एक स्कुल बस), दुई वटा ट्रक र एक मोटरसाइकल ठक्करमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार, भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिएको थियो।

स्कुल बसमा कक्षा ८, ९ र १० का ४३ विद्यार्थी र ४ जना शिक्षक सवार थिए। दुर्घटनामा ७ जना विद्यार्थी घाइते भएका छन् भने घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ। कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले विद्यार्थीहरुको उद्धार र उपचारमा आवश्यक समन्वय र पहल भइरहेको जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया