
गैँडाकोट – श्रीपञ्चमीको अवसरमा गैँडाकोट इङ्लिस स्कुलले सोमबार सरस्वती पुजा तथा अक्षर आराम्भ कार्यक्रमको आयोजना गरेको छ । विहान ८ वजेदेखि सरस्वती पुजा तथा साना बाबु नानीहरुको लागि अक्षरआराम्भ कार्यक्रमको आयोजना गरिएको स्कुलले जनाएको छ ।
स्कुलका प्राचार्य हिरालाल अर्यालले विहान ८ वजेदेखि स्कुल परिसरमा सरस्वती पुजाको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले सरस्वती पुजा लगत्तै विद्यालयमा आएका नयाँ बालबालिकाहरुका लागि डे केयर, प्ले ग्रुप र नर्सरीमा अक्षर आराम्भ कार्यक्रम राखिएको जानकारी दिनुभयो ।
गैँडाकोट नगरपालिका भित्रको एकमात्र क बर्गको गैँडाकोट इङ्लिस स्कुलमा विद्यार्थीहरुको चाप हरेक वर्ष बढ्दै गएको छ । गैँडाकोट इङ्लिस स्कुल नगरपालिकाको बालमैत्री तथा बाताबरण मैत्री विद्यालय समेत हो ।