×

गैँडाकोट – सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका नारायणगढका युवा व्यवसायी रमेश गैरेको उपचारको क्रममा आज साँझ निधन भएको छ । नारायणगढको कमलनगरमा गगहाउस सञ्चालन गर्दै आएका ३८ बर्षीय युवा व्यवसायी गैरेको उपचारको क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।

पौष १ गते चितवनको माडीमा लायन्स क्लब अफ नारायणगढ प्रोफेसनलको आयोजनामा भएको न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रममा सहभागि भएर फर्कने क्रममा चितवन निकुञ्जको जंगलमा कार दुर्घटनामा परि गैरे गम्भिर घाइते भएका थिए । गैरेका बुबा, आामा, श्रीमती, र तीनछोराहरु हुनुहुन्छ । गैरेको निधनले परिवार शोकमा डुवेको छ ।

तपाईको प्रतिक्रिया