चितवन । पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरीङ संकायको आब्ह्वानमा र नेपाल पोलिटेक्निक इन्स्टिच्युट (एन.पी.आई.) भरतपुर चितवनको आयोजनामा पुर्वाञ्चल विश्वविद्यालय अन्र्तगत इन्जिनियरीङ संकायका विभिन्न ७ वटा कार्यक्रमहरुका १०० भन्दा बढी विषयका पाठ्यक्रम विकाश कार्यशाला भरतपुर चितवन स्थित कविलास रिर्सोटमा यही फागुन १४ गते सम्पन्न भएको छ ।
फागुन १२ गते पुर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले उद्घाटन गरि विभिन्न विषय समितिका ६० जना भन्दा विशेषज्ञद्घारा पाठ्यक्रम निर्माण गरी फागुन १४ गते उक्त कार्यशालाको समापन गरिएको थियो ।यस अघिको पाठ्यक्रममा सैद्घान्तिक पक्ष लाई प्राथमिकतामा राखिएकोमा हालै सम्पन्न कार्यशालाले निमार्ण गरेको पाठ्यक्रममा प्रयोगात्मकलाई बढि प्राथमिकतामा राखिएको इन्जिनियरीङ संकायका डिन प्रा.देवि प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
इन्जिनियरीङका विषयहरुलाई थप आधुनिकीकरण गरी समय सापेक्षिक र औधोगिकीकरण संग जोडेर बनाइएको पाठ्यक्रमले विद्यार्थीहरुको व्यवसायीक क्षमता अभिबृद्वि गर्न कोषे ढुंङ्गा हुने विश्वास पनि प्रा. भट्टराईले गर्नु भयो ।तिन दिने कार्यशालाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा.डा. यादवराज कोइरालाले विश्वविद्यालयको सम्रग पहिचान नै त्यसको पाठ्यक्रम भएको हुँदा पाठ्यक्रम युग र माटो सुहाउदों हुनुपर्ने जोड दिनुभयो । उक्त कार्यशालालाई सम्बोधन गर्दे विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोख्रेलले ईन्जिनियरीङ अध्ययनपछि विद्यार्थीहरु बेरोजगार नहुने सुनिश्चितता सहितको पाठ्यक्रम निर्माण हुनुपर्नै वताउनुभयो ।
उद्घाटन कार्यक्रमको सभापतित्व इन्जिनियरीङ संकायका डिन प्रा.देवि प्रसाद भट्टराईले गर्नुभएको थियो, सो कार्यक्रममा स्वागत मन्तव्य नेपाल पोलिटेक्निक ईन्स्टिच्युट (एन.पी.आई.)का सह–प्राचार्य दिपक ढकालले दिनुभएको थियो भने कार्यक्रमको संचालन पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरीङ संकायका प्रशासकिय अधिकृत राजकुमार सापकोटाले गर्नुभएको थियो ।
उपकुलपति कोइरालाको विदाई
कार्यशालाको दोस्रो दिन पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालको पु.वि. अन्र्तगत इन्जिनियरीङ संकायले औपचारिक रुपमा विदाइ गरेको थियो । प्रा.डा. कोइराला ४ वर्षे नियमित कार्यकाल पुरा गरी यही फागुन १९ गते देखि अवबास हुदै हुनुहुन्छ । विदाई कार्यक्रममा बोल्दै आफु विश्वविद्यालको उप कुलपतिमा आउँदा थुप्रै चुनौतीका चाँङ रहेको र आफ्नो चार वर्षै कार्यकालमा विश्वविद्यालयलाई अगाडी बढाउन धेरै हदसम्म सफल भएको प्रा.डा. कोइरालाले बताउनुभयो । उहाँलाई इन्जिनियरीङ संकायका डिन प्रा. देवि प्रसाद भट्टराई लगायत उपस्थित सबैले फुल,माला, अविर र मायाको चिनोले विदाई गर्नुभयो ।




उज्यालो खबर




