खैरहनी। खैरहनी नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष कुल प्रसाद भुसालले प्रेस चौतारी चितवनको भवन निर्माणका लागि आर्थिक सहयोग गरेका छन् । चौतारिको निर्माणाधीन भवन सम्पन्न गराउन अध्यक्ष भुसालले सेवा ,सुबिधा बापत प्राप्त हुने एक महिना बराबरको रकम प्रदान गरेका हुन् । वडा अध्यक्ष भुसालले एक महिनाको भत्ता २५ हजार ६८० रुपैयाँ बराबरको चेक प्रेस चौतारी चितवनका सचिव ध्रुवराज खनाललाई हस्तान्तरण गरे ।
खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा भुसाल नेकपा एमालेबाट खैरहनी वडा नम्बर १३ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।चेक हस्तान्तरण गर्दै अध्यक्ष भुसालले प्रेस चौतारिले दविएको आवाज उजागर गर्दै अधिकार सम्पन्न मान्छेहरु समक्ष पुर्याउन अतुलनीय योगदान गरेको बताए । चौतारिको योगदानमा एउटा इट्टा थप्ने काममा आफू सहभागी भएको अध्यक्ष भुसालले बताए ।
चौतारिका सचिव खनालले विभिन्न ब्यक्ति ,संघसंस्थाको सहयोग बाट भवन निर्माण भईरहेको उल्लेख गर्दैअध्यक्ष भुसालले गरेको सहयोग प्रति धन्यवाद दिए ।वडा अध्यक्ष भुसालले आफुले पाउने सेवा सुबिधाको रकम विद्यार्थीलाई छात्रवृत्ति ,स्टेसनरी ,पोसाक प्रदान गर्नुका साथै गरिव,असहाय परिवारलाई खाद्यान्न ,लत्ताकपडा सहयोग गर्दै आएका छन् ।
भरतपुर ११ बसेनिमा समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा चौतारिको बन्दै गरेको भवनको दोस्रो तल्लाको काम भईरहेको छ । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।



उज्यालो खबर




