×

चितवन । चितवनमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्कीदा चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एकजना गम्भिर घाइते भएका छन् ।

जिल्लाको खैरहनी नगरपालिका वडा नं. १० सिदार्थचोक स्थित भित्रीसडक खण्डमा ना ३४ प ९९९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भै बिजुलीको पोलमा ठक्करखाँदा चालक खैरहनी २ का २५ वर्षका मनिष भट्टराईको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार २४ वर्षका सचिन साहको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया