×

चितवन । पूर्वी चितवन पत्रकार मञ्चको अध्यक्षमा पत्रकार होमनाथ सापकोटा चयन भएका छन् । सोमबार सम्पन्न मञ्चको विशेष अधिवेशनले आगामी कार्यकालको लागि सापकोटाको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

मञ्चको उपाध्यक्षमा राजेन्द्र आचार्य, सचिवमा महेश पाण्डे, सहसचिवमा निरुता विक र संजय चौधरी, कोषाध्यक्षमा रामेश्वर रिजाल र सदस्यहरुमा सन्तोष बस्ताकोटी, सागर ढुंगाना, राजनदिल गुरुङ, गोपाल विश्वकर्मा, तिलक थापा, सुमन पौडेल चयन भएका छन् ।अग्रज पत्रकार केशव भट्टराई संयोजक, कविकिरण न्यौपाने, विलबहादुर अधिकारी र रवि रोषी सदस्य रहेको निर्वाचन समितिले मञ्चको सर्वसम्मत समिति चयन गराउन सफल भएको हो ।

निर्वाचन समितिका संयोजक भट्टराईले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले पत्रकारितालाई मर्यादित बनाउदै पेशागत सुरक्षाको लागि संगठित भएर अगाडि बढ्न आग्रह गरे ।

तपाईको प्रतिक्रिया