चितवन।अंकुरम् एकेडेमीमा बुकलास्टिक कार्यक्रम सम्पन्न भएको छ । कक्षा ७ देखि १० सम्मका बाल साहित्यमा रुचि राख्ने विद्यार्थीहरुले करीब ३ महिनाको अथक मेहनत र प्रयासमा विभिन्न विधामा रही आफ्ना रचनाहरु सिर्जनाहरु गरेका थिए। सोही रचनाहरुलाई विद्यार्थीहरु स्वयंले हस्तलिखित पुस्तकाकार रुप प्रदान गरी विद्यालयको अंग्रेजी र नेपाली विषय विभागमा पेश गरेका थिए।
५२ जना विद्यार्थीहरुको बाल-साहित्य पुस्तकबाट १५ उत्कृष्ट पुस्तकु छनौट गरी आफ्ना साहित्यिक सिर्जनाहरु साहित्यकार, शिक्षक, अभिभावक तथा विद्यार्थीमाझ पस्कन पाउने अवसर जुराइएको थियो। सोही रचना वाचन कार्यक्रम नै बुकलास्टिक कार्यक्रम रहेको बताउँछन् – सह प्राचार्य ओमराज मैनाली ।
बालस्रष्टाहरुले आ-आफ्ना अभिभावकसँगै बसेर कफी पिउँदै आ-आफ्ना रचना निर्धक्कसँग वाचन गरेका थिए।वाह!!! कति परिष्कृत र गहतिला शब्द! कति सुन्दर रचना !भन्दै थिए विशिष्ट अतिथिद्वय इश्वर कँडेल र कवि भूपिन । १५ उत्कृष्ट बाल-साहित्यु मध्ये कक्षा ९ की छात्रा बेनिशा शाहले आफ्नो रचना इज एनीवन देयर? वाचन गरी प्रथम स्थान हासिल गरिन्। त्यसैगरी, कक्षा १० का छात्र संस्कार दाहालको रचना अनन्त आह्वानुले द्वितीय पुरस्कार प्राप्त गर्न सफल भयो। कक्षा ९ मा अध्ययनरत छात्रा जोएल के।सी। र कक्षा ७ का छात्र निर्भीक अधिकारीले क्रमशस् आ-आफ्ना रचना द भेन अफ भेन्गेयन्स् र द स्लेयर्स् वाचन गरी तृतीय र सान्त्वना पुरस्कार प्राप्त गरेका छन्।
बाल-स्रष्टाहरुको प्रोत्साहन स्वरुप प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारमा क्रमशस् रु। २०००, रु। १५००, रु। १००० र रु। ५०० नगद पुरस्कार प्रदान गरिएको छ। अंकुरम एकेडेमीका प्राचार्य सुमन पौडेलको सभापतित्व र विद्यालय निर्देशक नैम चौधरीको प्रमुख आतिथ्यमा आयोजित उक्त साहित्यिक कार्यक्रममा सह-प्राचार्य ओमराज मैनालीले स्वागत मन्तव्य राखेका थिए भने कक्षा ९ की छात्रा सिर्जना लम्सालले कार्यक्रम सन्चालन गरेकी थिइन्।
नेपाली विषय विभाग संयोजक पदम प्रसाद भुर्तेलको व्यंगात्मक कविता मैले काठमाण्डौ चिनिनँ ले सहभागी सम्पूर्ण साहित्या नुरागीहरुलाई आल्हादित तुल्याएको थियो।तह-प्रमुख देवी प्रसाद पौडेल, शिक्षकहरु रिता उपाध्याय, खेमराज अधिकारी, पदम प्रसाद भुर्तेल र शिक्षाराज अधिकारीले बाल-साहित्य लेखनमा विद्यार्थीहरुलाई सहजीकरण गरेका थिए।