×

प्रेस चौतारी चितवनको भवनका लागि राप्रपा भरतपुर महानगरका सचिव तथा युवा व्यवसायी शुलभ सिग्देलले आर्थिक सहयोग गरेका छन्। व्यवसायी सिग्देलले भवन निर्माण स्थलमा नै पुगेर भवन निर्माणका लागि श्रमदान सहित नगद ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं। ११ बसेनीमा चौतारीको भवन निर्माण भईरहेको छ । सो भवन प्रेस चौतारीको देश कै पहिलो भवन हो । देशभरका चौतारी मध्य चितवनले पहिलो पटक भवन निर्माण गरिरहेकोले हौसला स्वरुप आफुले सक्ने सहयोग गरेको सिग्देलले बताए।

चौतारीको भवन निर्माण भएपनी सबैले साझा अपनत्व ग्रहण गरेको र विभिन्न सघंसस्थां राजनीतिक तथा सामाजिक व्यक्तित्वको सहयोग र विभिन्न व्यवसायीहरुले गरेको सहयोगले संगठनलाई हौसला, उत्पेरणा र उर्जा मिलेको भन्दै प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले धन्यवाद व्यक्त गर्नुभएको छ।

समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तलाको काम सकिएर दोस्रो तल्लाको काम सुरु भएको छ । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया