चितवन । चितवनको भरतपुर-१२, आस्था चोकस्थित चितवन कलेज अफ टेक्नोलोजीमा पहिलो पटक जबफेयर हुने भएको छ। आज बुधबार कलेज परिसरमा हुन लागेको सो जब फेयरमा १५ वटा आईटी कम्पनिको स्टल रहनेछ। सो मेलामा टेकमाईन्ड नेटवर्क प्रा।लि , भायानेट, डायनामिक टेक्नोसफ्ट ,एस्ट्रानिक्स, हर्टसन , बिहानिटेक,आस्ट्रीक,देवसाईन,ड्रीमटेक नेपाल प्रा।लि लगायतका कम्पनिको स्टल रहनेछ।
विद्यार्थीलाई पढ्दै कमाउंँदै गर्ने अभ्यास गर्न र स्वदेशमै रोजगारीको अवसर दिन जब फेयरको आयोजना गरिएको सिसिटिका कलेज प्रमुख रवि तिवारीले बताए , मेला अवधिभर कम्पनिले अन द स्पोट जब दिनका लागि यहीं ईन्टरभ्यू र अनुभवी कागज लिएर जागिरको लागी छनौट गर्नेछन ।
मेलामा कलेजका बिसिए, बिआईम र बिएससिसिएसआईटी पढ्दै गरेका र पढाई सकेर बसेका विद्यार्थीलाई लक्षित गरिएको उनले बताए ।विद्यार्थीहरुलाई प्रयोगात्मक कक्षाहरुका साथै जबका लागि बाटो खोल्न पनि जब फेयर उपलब्धि मुलक तिवारी बताउँछन।कलेजले हरेक वर्ष जबफेयरलाई निरन्तरता दिईने तिवारी बताउनुहुन्छ।
आफ्नै कलेज परिसरमा जब फेयरको आयोजना गरि राम्रो प्लेटफर्म दिन लागिएकोले आफू निकै उत्सुक रहेको बिआईम सातौँ सेमेष्टरमा अध्ययनरत विद्यार्थी बिराज सापकोटाले बताए। जब फेयरमा रोजगार दिने कम्पनीहरुले सफ्टवेयर निर्माण , डिजाईन, वेफसाईट डेभलभमेन्ट, फ्रन्ट अफिसर, मोबाई एप डिभलपमेन्ट लगायतका जबहरु माग गरेको छ ।त्रिभुवन विश्वविद्यालयमा सम्बन्धन प्राप्त सो कलेजमा हाल बिसिए, बिआईम र बिएससिसिएसआईटीका कोर्षहरु सञ्चालन भईरहेको छ । सिसिटिले विद्यार्थीहरुका लागि व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई विशेष प्राथमिकता दिएका कारण पनि यस कलेजको लोकप्रियता बढ्दै गईरहेको छ।
कुनै पनि विधामा १२ कक्षा पास भएका विद्यार्थीले यी शिक्षा अध्ययन गर्नका लागि अवसर पाउने छन् । उत्कृष्ट विधार्थीको लागि यस कलेजले योग्यताका आधारमा शत प्रतिशत सम्म छात्रवृति दिने समेत व्यवस्था गरेकोे छ ।





















उज्यालो खबर

















