
गैँडाकोट । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) गैँडाकोटको आयोजनामा भएको नगरस्तरीय अन्तर स्कुल स्क्राबल प्रतियोगितामा गैँडाकोट ईङ्गलिस स्कूलका २ विद्यार्थीहरु रिसव भण्डारी र सचिन पौडेल क्रमशः प्रथम र द्धितीय हुन सफल भएका छन् ।
नगरभित्रका १३ संस्थागत विद्यालयका २६ जना विद्यार्थीहरु सहभागी सो प्रतियोगितामा गैँडाकोट गैँडाकोट ईङ्गलिस स्कूलका भण्डारी र पौडेलले प्रथम र द्धितीय स्थान हात पारेको प्याब्सन गैँडाकोटले जनाएको छ। प्रतियोगितामा सरस्वती निकेतन स्कुलका अमृत कुंवर तेस्रो भए ।
बिजेतालाई आजै एक समारोहका विच मेडल र ट्रफीले सम्मान एवं पुरस्कृत गरिएको आयोजकले जनाएको छ । प्याब्सन गैँडाकोटका अध्यक्ष लक्ष्मीप्रसाद प्रसाद दवाडीको अध्यक्षता एवं प्याब्सन नवलपुर अध्यक्ष दीपक रावतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण गैंडाकोट नगर प्याब्सनका उपाध्यक्ष बिनोद पौडेलले गरेका थिए ।