
गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा सरुवा भइ आउनु भएका प्रमुख प्रशासकीय अधिकृतलाई एक औपचारिक कार्यक्रमका विच स्वागत गरिएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिकाबाट सरुवा भई आउनु भएका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाललाई विहिबार एक कार्यक्रमका विच नगरपालिकाले स्वागत गरेको हो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले प्रमुख प्रशासकीय अधिकृत खनाललाई माला, टोपी र अविर लगाएर स्वागत गर्नुभयो । स्वागत कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, गैँडाकोट नगरपालिकाका १ देखि १८ का वडाअध्यक्षहरु, कार्यपालिकाका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख मदनभक्त अधिकारीले यहाँको विकासका लागि निर्धक्क भएर काम गर्न अनुरोध गर्दै आफुहरुको सदैव साथ र सहयोग रहने बताउनुभयो । सेवा लिन आउने नगरवासीहरु सकेसम्म रित्तो हात फर्कन नपर्ने गरि सेवाप्रवाह होस भन्ने आफुले चाहेको उहाँको भनाई थियो ।
सो अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले स्थानीय तह जनताको घरदैलोको सरकार भएको बताउदै नगरपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आफुले पहल गर्ने बताउनुभयो । टीमवर्कमा विश्वास गर्ने भन्दै उहाँले सबै जनप्रतिनिधी र कर्मचारीहरुको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
स्वागत कार्यक्रममा गैँडाकोट नगरपालिकाका उपमेयर शान्ति कोइराला, प्रवक्ता तथा वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारी, वडा नं. १३ का अध्यक्ष मधुकर मल्ल र नगरशिक्षा शाखाका प्रमुख डा. बालकृष्ण चापागाइले बोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण गैँडाकोट नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माले गर्नुभएको थियो ।