गैंडाकोटमा रहेको प्रगतिशिल यूथ फोरमले गैंडाकोट वडा नं८ को सहयोगमा निःशुल्क १ दिने आँखा शिविर भरतपुर आँखा अस्पातालको प्राविधिकहरुवाट सम्पन्न गरेको छ । हाल देखिएको आँखा रोग (Eye Flu) तथा आँखा सम्बन्धि अन्य विविध समस्याहरु देखिएकोहुदा उक्त सम्मस्या लाई मध्यनजर गर्दै उक्त शिविर गैंडाकोट ८ स्थित विजय आधारभुत विद्यालय किसान चोकमा सञ्चालन गरिएको थियो ।
गैंडाकोट वडा नं. ८ का वडाध्यक्ष प्रेम सापकोटा प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्रगतिशिल यूथ फोरमका अध्यक्ष माधब बनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम यूथ फोरमका कार्यसमिति सदस्य संगिता अयार्लले सञ्चालन गनु भएको थियो ।
शिविरमा ५१७ जना व्याक्ति हरुले प्रत्यक्ष सेवा लिनु भएको थियो । आँखाको जाँच गरि निःशुल्क औषधि वितरण गरिएको कार्यक्रममा २५ जनामा मोतीविन्दु देखिएको विरामीलाई आईतवार र सोमवार गरि निःशुल्क शल्यक्रिया गरिने भरतपुर आँखा अस्पताल सेवा कार्यलय इन्चार्ज भागिराम चौधरीले जानकारी गराउनु भएको थियो ।



















उज्यालो खबर









