काठमाडौँ । कुनै पनि बाउआमालाई आफ्ना छोराछोरी किशोरावस्थामा लागेसँगै गलत सँगतमा पो लाग्छन् कि भन्ने चिन्ता हुन्छ ।हामीकहाँ अभिभावकहरु छोरीहरुप्रति अतिरिक्त रुपमा सचेत हुन्छन् । आफ्नी अविवाहित छोरी कोही केटासँग डेटिंगमा जाने कुरा अभिभावकहरुले सहजै स्वीकार गर्न सक्दैनन् ।
पढ्ने लेख्ने र करिअर बनाउने उमेरमा प्रेम तथा डेटिंगको चक्करमा नपर्नका लागि सुझाव दिन्छन् अभिभावकहरु आफ्ना सन्तानलाई । तर, अमेरिकामा एकजना यस्ती आमा फेला परेकी छिन् जसले आफ्नी छोरीलाई एकदुईजना मात्र होइन १०० जना केटासँग डेटिंग गर्न अनुमति दिइन् । आमाको अनुमति अनुसार नै ती युवतीले सयजना युवकसँग डेटिंग गरिसकेकी छिन् ।आमाकै अनुमतिले १०० जना पुरुषसँग डेटिंग गर्ने ती युवतीको खुलासा उनकै बहिनीले गरिदिएकी छिन् । आफ्नी दिदीले विवाह हुनअघि एक वर्षको अवधिभित्रै १०० जना पुरुषसँग डेटिंग गरेको उनले बताएकी छिन् ।
छोरीलाई १०० जना मर्दसँग डेटिंग गर्न प्रेरित गर्दै युवतीकी आमाले ५०० डलर बराबरको रकम दिएकी थिइन् । साथै उनले १०० जना केटासँग डेटिंग पूरा गरेपछि आफूलाई बताउन र त्यसपछि घर फर्किन छोरीलाई अह्राइन् ।एक वर्षभित्रमा १०० जना पुरुषसँग डेटिंग गरेकी ती युवतीकी बहिनी एलिस क्यारोलिनले यो कुराको खुलासा गर्दै टिकटकमा एक भिडियो पोस्ट गरेकी छिन् । एलिस चर्चित टिकटकर हुन् र उनको टिकटकमा लाखौं फलोअर्स छन् ।
उक्त भिडियोमा सयजना मर्दसँग डेट पूरा गरेको उपलक्ष्यमा ती युवतीले आफ्नी बहिनी एलिसलगायतसँग केक काटेर सेलिब्रेट गरिरहेको देखिन्छ ।साथै एलिसले आफ्नी दिदीले डेट गरेका पुरुषहरुको नामको सूची पनि सार्वजनिक गरेकी छिन् । सो भिडियो निकै भाइरल बनिरहेको छ ।समाचार अनुसार बिहेपछि छोरीको मनमा पुरुषप्रतिको कुनै डर बाँकी नरहोस् भनेर आमा चाहिँले ती युवतीलाई १०० जना पुरुषसँग डेट गर्ने अनुमति दिएकी थिइन् । एजेन्सी



उज्यालो खबर




