×

यौन मानव जीवनको अभिन्न अङ्ग हो। त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो। मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ।

स्त्री र पुरुषबीच यौन सम्बन्धमा जटिलताहरू मूलतः तीन कारणबाट आउँदछन्- मानसिक, शारीरिक र मनोशारीरिक। प्रौढ अवस्था यस्तो उमेर हो जसमा तीनवटै कारणले यौन जटिलता आउन सक्छ। पुरुषभन्दा महिनावारी बन्द हुने बेलाको आसपासका महिलाको यो उमेर बढी संवेदनशील हुन्छ।

सुखमय दाम्पत्य जीवनका लागि आनन्ददायक यौन क्रिया अत्यावश्यक हुन्छ । तर, हरेक उमेरमा यौन चासो, यौन रुची र यौन व्यवहार उस्तै हुँदैन । एउटा निश्चित उमेर अवधीमा यसमा पनि परिवर्तन हुँदै जान्छ ।

यौनका लागी तीन उमेर समुह छुट्याएर हेर्न सकिन्छ ।

किशोरावस्थामा

— किशोरावस्थामा सेक्स हर्मोनको स्तर एकदमै तिब्र गतिमा बढ्छ, जसले यौन सम्बन्धी उत्सुकता जगाउँछ । त्यसैले यौन सम्बन्धी प्रयोग पनि यस उमेरमा बढी हुन्छ ।

— सेक्सका लागि सबैभन्दा बढी फेन्टासी, ड्रिमिङ पनि यहि उमेरमा हुने गर्छ ।

— किशोरीको यौन इच्छा धेरैजसो रोमान्स, फोरप्ले वा पार्टनको भावनात्मक लगावमा निर्भर गर्छ ।

— त्यस्तै किशोरहरु फिल्म, पुस्तक, कुराकानीको माध्यामबाट यौनको जानकारी प्राप्त गर्छन् । उनीहरुको जीवनमा सेक्स भावनात्मक भन्दा शारीरिक रुपमा प्रकट हुने गर्छ ।

— किशोरीले पनि फिल्म, पत्रपत्रिकाबाट सेक्स सम्बन्धी आफ्नो धारणा बनाउने गर्छन् ।

२० देखि ३५ को उमेरमा

–यस उमेरमा सेक्सुअल सन्तुष्टिका लागि मनमा धेरै उत्साह एवं उत्तेजना हुन्छ ।

— एकअर्कासँग छुन, चल्न, अंगालोमा बाँध्न र यौन सम्पर्क गर्न बढी रुची हुन्छ ।

–यस उमेरमा युवती आफ्नो इच्छा खुलस्त बताउँदैनन्, दबाएर राख्छन् ।

— उनीहरु आफ्नो पार्टनर नै अग्रसर भएको रुचाउँछन् ।

–कतिपय अवस्थामा युवतीमा तीब्र यौन इच्छा हुन्छ, तर उनीहरु व्यक्त गर्न सक्दैनन् ।

३५ देखि ५० को उमेरसम्म

— यो उमेरमा यौन प्रतिको झुकाव क्रमस कम हुँदै जान्छ ।

–तर, उनीहरुको इच्छामा भने कमी हुने होइन । तर, उनीहरुको यौन जीवन शारीरिकबाट माथि उठेर भावनात्मक मोडमा पुग्छ ।

–महिलामा हर्मोनल परिवर्तन सबैभन्दा बढी यस उमेरमा हुने गर्छ । उनीहरुको मुड बदलिन सक्छ । स्वास्थ्य समस्याले यौन जीवन प्रभावित पार्न सक्छ ।

— एक सर्बेक्षणले के पनि बताएको छ भने, ३५ को उमेरपछि महिलाहरु यौनक्रियामा बढी सन्तुष्ट महसुस् गर्छन् । (एजेन्सीको सहयोग)

तपाईको प्रतिक्रिया