×

चितवन । चितवनको नारायणगढमा रहेको एस।आई युके कन्सलटेन्सीले आज युनिभर्सिटी फेयरको आयोजना गरेको छ । आज कन्सलटेन्सीको कार्यालयमा हुने फेयरको तयारी पुरा भएको प्रमुख शिशिर रेग्मीले बताए । युके अध्ययन गर्न जान चाहाने विद्यार्थीहरुलाई लक्षित गरेर युनिभर्सिटी फेयर आयोजना गरिएको रेग्मीले जानकारी दिए । फेयर विद्यार्थीहरुलाई युकेका उत्कृष्ट १२ भन्दा बढि युनिभर्सिटीसंग विभिन्न विषयमा अन्तरक्रिया गराइनेछ ।

पहिलोपटक युकेलाई नै केन्द्रित गरेर आयोजना हुन लागेको फेयर नारायणगढको लायन्सचोक केएल मलको दोस्रो तलमा रहेको कार्यालयमा विहान १० बजेबाट सुरु हुनेछ । फेयरमा सहभागि भएर उच्च शिक्षाका लागि युके जाने सपना पुरा गर्न एसआई युके कन्सलटेन्सीले सबैमा अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया