
चितवन–एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस, चितवनको आयोजनामा आइतबार ‘क्यानडा एडमिसन डे’ सम्पन्न भएको छ ।
एक्सपर्टको आफ्नै भवन भरतपुर–१० मा भएको ‘एडमिसन डे’मा विद्यार्थी तथा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । उच्च शिक्षा अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थी तथा अभिभावकहरुले क्यानडामा रहेका कलेजहरुका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा परामर्श दिएका थिए ।
पछिल्लो समय विद्यार्थीहरुको रोजाइँमा अष्ट्रेलियासंगै क्यानडा समेत पर्न थालेको छ । सोही अवस्थालाई मध्यनजर गर्दै क्यानडा जान चाहने विद्यार्थीहरुलाई अझै सहज होस् भन्नका लागि एडमिसन डे आयोजना गरिएको एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘यहाँ आउने विद्यार्थीहरुलाई हामीले काउन्सीलिङ गर्छौ नै, क्यानडाका कलेजका प्रतिनिधिहरुलाई नै यहाँ ल्याएर परामर्श दिलाउँदा विद्यार्थीहरुले अझै धेरै विषय बुझ्न पाउनु हुनेछ, सोही अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम गरेका हौं’–निर्देशक अधिकारीले भने ।
‘एडमिसन डे’मा क्यारियर काउन्सीलिङ, छात्रवृत्तिको अवसर, कलेज प्रतिनिधिहरुसंग वान टु वान परामर्शको अवसर रहेको थियो । ‘एडमिसन डे’ मा ८ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकको सहभागिता रहेको निर्देशक अधिकारीले जानकारी दिए । कार्यक्रम विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म चलेको थियो । कार्यक्रममा क्यानडाका १८ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।