माधव सापकाेटा 

चितवन ।  चितवनकाे लंकु स्थित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्) को सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ माघ २१ देखि फागुन ६ गतेसम्म हुने श्री लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्यासंरक्षण महायज्ञ महोत्सव २०७९ को तयारी कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।

गुरुकुल परिसरमा आज दिउसो १ बजे बृहत् भेला तथा ३ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको छ।महायज्ञ सुरु हुने मिति नजिकिँदै जाँदा वैदिक सनातन धर्म संस्कृति गुरुकुलप्रेमी जन समुदायहरूको चासो बढ्दै गइरहेको र तयारीसँग सम्बन्धित यज्ञमण्डप , ज्ञान मंच निर्माण आदि कार्यहरू द्रुतगतिमा भइरहेको महायज्ञ सम्पादन मूल समारोह समितिका सचिव रामचन्द्र सापकोटाले जानकारी दिनुभयो।

२०४४ सालमा स्थापना भएको हाल कक्षा ६ देखि १२ सम्म पढाइ हुने सो गुरुकुलमा देशका विभिन्न स्थानबाट आएका ५५ जना विद्यार्थीहरूले निस् शुल्क आवास भोजनसहित अध्ययन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया