चितवन । भरतपुरमा ग्लोबल रिच शैक्षिक परामर्श संस्थाले शैक्षिक सेमिनार गर्ने भएको छ ।यही माघ १५ गते भरतपुर गार्डेन रिसोर्ट भरतपुरमा सेमिनार हुन लागेको संस्थाले जानकारी दिएको हो ।२०२३ जुन जुलाई इन्टेकलाई लक्षित गदै सेमिनार गर्न लागिएको ग्लोबल रिच चितवन शाखाका प्रमुख सुरेश पौडेलले जानकारी दिए । पौडेलका अनुसार अष्ट्रेलिया पढ्न जान चाहने दश जोड दुई देखि पीएचडीसम्मका विद्यार्थीले सेमिनारमा सहभागी भएर परामर्श लिन सक्नेछन् । सेमिनारमा अष्ट्रेलियाका १० वटा विश्वविद्यालय र पांँचवटा कलेजका प्रतिनिधिहरुले परामर्श दिनेछन् ।

‘सिधै युनिभर्सिटीका अफिसरसंँग विद्यार्थी तथा अभिभावकले परामर्श लिन सक्नेछन् जसले गर्दा विद्यार्थीले अष्ट्रेलियाको बारे थप बुझ्न र विश्वास पनि बढ्छ’ पौडेलले भने । सेमिनारमा विश्वविद्यालय तथा क्याम्पसमा पढाई हुने संकाय तथा विषय, कामको प्रकृति , कानुन , त्यहांँको भाषा, संस्कृतिलगायतका बारेमा विद्यार्थीलाई जानकारी गराइने उनले जानकारी दिए ।

निःशुल्क प्रवेश पास व्यवस्था गरिएको सेमिनारमा आईएलटीएसमा ६ ल्याउने जुनसुकै संकायका विद्यार्थीहरुले परामर्श लिई अष्ट्रेलिया एप्लाई गर्न सक्नेछन् । विद्यार्थीको क्षमता र प्राप्तांंकको आधारमा अष्ट्रेलियाका विश्वविद्यालय तथा क्याम्पसमा २० देखि १०० प्रतिशत सम्म छात्रवृत्ति पाउन सक्नेछन् ।यो संस्थाले हरेक वर्ष शैक्षिक सेमिनार गर्दै आएको छ । ग्लोबल रिचको नेपालमा मात्रै चितवन , पोखरा ,बुटवल, काठमाडौं गरी चार वटा शाखा सञ्चालित छन् ।

 

तपाईको प्रतिक्रिया