हुप्सेकोट ।  नवलपुरकाे हुप्सेकोट गाउँपालिकाको दोस्रो गाउँसभाको दोस्रो अधिवेशन सुरु भएको छ । दोस्रो गाउँसभाको पहिलो बैठकको बिहिवार उद्घाटन गरि चालुआर्थिक वर्षको समिक्षा गरि स्थगित गरिएको हो । दोस्रो गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले चालुआर्थिक वर्षमा भएगरेका कार्यप्रगति सहितको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

त्यसैगरी गाउँपालिका उपाध्यक्ष पुर्ण सिङ रानाले न्यायिक समितिमा भएको कार्यप्रगतिको बारेमा जानकारी गराउनु भएको थियो । त्यसैगरी गाउँसभामा गाउँपालिका उपाध्यक्ष रानाले प्रस्तुत गर्नु भएको केहीँ योजना एवं बजेट संसोधन प्रस्ताव पारित गरिएको थियो । गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले प्रस्तुत गर्नु भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपाल तेश्रो राष्ट्रिय महाधिवेशनको घोषण पत्रमा उल्लेखित प्रस्तावहरुलाई कार्यान्वयनका लागि प्रतिवद्धता सहित गाउँसभाले पारित गरेको छ ।

गाउँसभामा पदम बहादुर राना,रेवती सारु लगाएतका गाउँसभा सदस्यहरुले विभिन्न सार्वजनिक महत्तोको बिषय राख्नु भएको थियो । गाउँसभामा बालविवाहा,लागुऔषध दुर्वेशनको जोखिम , खोलाजन्य पदार्थको अवैध चोरी नियन्त्रण लगाएतका बिषयमा गाउँसभा सदस्यहरुले सार्वजनिक महत्तोको विषय प्रस्ताव गर्नु भएको थियो ।

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मी देवी पाण्डेले सार्वजनिक महत्तोको प्रस्तावलाई उच्च महत्तोका साथ कायान्वयन प्रकृया अगाडि वढाउने बताउनु भएको थियो ।हुप्सेकोट गाउँपालिकाको दोस्रो अधिवेशनको दोस्रो गाउँसभा पुनः दोस्रो बैठक बस्ने गरि पहिलो बैठक स्थगित गरिएको गाउँसभा सभाध्यक्ष लक्ष्मी देवी पाण्डेले बताउनु भयो ।

तपाईको प्रतिक्रिया