गैँडाकाेट । शब्दको खेल स्क्र्याबलको आठौ संस्करणको राष्ट्रिय प्रतियोगिताको तयारी पुरा भएको छ। यहि पुस २ गते शनिबार स्क्र्याबल क्लब पोखराको आयोजना तथा गैंडाकोट इंग्लिस  स्कुलको ब्यबस्थापनमा हुने उक्त प्रतिस्पर्धामा देशका कुल २० जिल्लाका ९५ प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ।

सबै जिल्लाबाट जिल्लास्तरीय प्रतिस्पर्धा गरि उत्कृष्ट ठहरिएका प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा भाग लिन पुस १ गते नै गैंडाकोट आइपुग्नेछन । रास्ट्रिय प्रतिस्पर्धाबाट अब्बल ठहरिएका २० जना प्रतिस्पर्धीहरुले फेब्रुअरी महिनामा बंगलादेशमा हुने अन्तराष्ट्रिय स्क्र्याबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछन।

प्रतियोगिताको दिन भाषा शिक्षकहरुको लागि एक दिने तालिमको आयोजना गरिएको विद्यालयका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो। अमेरिकन राजदुताबास रिजनल इंगलिस ल्याङ्ग्वेज अफिसको आर्थिक सहयोगमा हुने उक्त तालिममा नवलपुर, चितवन, मकवानपुर तथा अन्य जिल्लाका भाषा शिक्षकहरुलाई सहभागिता रहनेछ।

उक्त कार्यक्रमका सहजकर्ताहरुमा अमेरिकन इंगलिस ल्याङ्ग्वेज फेलो एस्ले टेसारोलो, अमेरिकन राजदुताबासका ल्याङ्ग्वेज स्पेसलिस्ट विश्व गौतम, स्टेट अल्मुनाइ बामन कुमार घिमिरे, स्टेट अल्मुनाइ हिरालाल अर्याल र बिनोद पौडेल रहनेछन।

तपाईको प्रतिक्रिया