सचिन भट्टराई

गैंडाकोट  । गण्डकी बचत तथा ऋण सहकारी संस्था लिमिटेड र निकेशबाबू प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ६७ युनिट रगत संकलन भएको छ ।गैँडाकोटको मिलनचोकमा सोमबार भएको कार्यक्रममा १७ जना महिला र ५० जना पुरुषले रक्तदान गरेका हुन् ।

गैंडाकोट नगरपालिकाका नगरप्रमुख  मदन भक्त अधिकारीले योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृत्तिका कारण अहिले रगत अभाव हुँदै गएको बताए । उनले शरीरबाट खेर जाने रगतलाई दान गरेर पुण्य आर्जन गर्न नगरवासीलाई आग्रह गरे । कार्यक्रममा गण्डकी साकोसका अध्यक्ष पोषण राज सुवेदीले हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले रगत नपाउने भएकाले स्वत स्फुर्त रुपमा सबैले रक्तदान गर्नुपर्ने बताए ।

निकेशबाबु प्रतिष्ठानका संरक्षक एवं शिक्षाविद् भरतबाबु कंडेलले रक्तदान गर्ने व्यक्ति पनि निरोगी हुने र आवश्यक व्यक्तिले पनि जीवन पाउने हुँदा सक्षम व्यक्तिहरुले रक्तदान गर्नु पर्ने औल्याए उनले  रक्तदान कार्यक्रमलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने जनाएका छन् ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी निकेशबाबु प्रतिष्ठानकी अध्यक्ष चोक्षा देवी देवकोटा गैंडाकोट नगर स्वास्थ्य प्रमुख झलक राज पौडेल लगाएतले कार्यक्रमका बोलेका थिए । नरहरी सापकोटा को संयोजनमा भएको कार्यक्रमको संचालन लक्ष्मण कंडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया