नवलपुर । किसान बचत तथा ऋण सहकारी संस्थाको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गैंडाकोट होटल दि नारायणीको सभाहलमा आयोजित २७औं वार्षिक साधारणसभा एवं निर्णय पुस्तिका प्रमाणीकरण समारोह संस्थाका  अध्यक्ष श्रीहरि चालिसेको सभाध्यक्षमा सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन)  उपाध्यक्ष श्री शान्ति ढकाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो भने नेफस्कुनका लेखा तथा सुपरिवेक्षण समिति संयोजक श्री नवराज सापकोटा, संस्थाका संस्थापक अध्यक्ष, निर्वतमान अध्यक्ष, पूर्व अध्यक्षको विशिष्ट आतिथ्यता र विभिन्न संघ–संस्थाका प्रतिनिधी, निर्वाचित जनप्रतिनीधि, समिति सदस्यहरु, सेवाकेन्द्र संयोजकहरुको आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो ।

२७औँ साधारण सभामा उपाध्यक्ष  भोजराज पौडेलले स्वागत मन्तव्य व्यक्त गर्दै किसान बचत तथा ऋण सहकारी संस्था २०५२ सालमा साबिक गैँडाकोट आदर्श गाविस निवासी न्यून आय भएका किसानहरुले राष्ट्रिय धान दिवसको अवसरमा भेला भई आफूले आर्जन गरेको आयबाट नियमित रुपमा बचत गर्न उत्प्रेरित गरी संकलन भएको पुँजी तथा रकमबाट उत्पादन तथा आफ्नो आवश्यकता टार्न सरल र सुलभ तरिकाले कारोबार गर्न सहकारी सिद्धान्त, मूल्यमान्यतामा आधारित सहकारी संस्था रहेको बताउनु भयो।

किसान साकोसको चालू आर्थिक वर्षको कुल सम्पत्ति ३ अर्ब ४४ करोड ७९ लाख ५६ हजार ८ सय ४९ रूपैयाँ रहेको र संस्थाले गत आर्थिक वर्षको शेयर पुँजी ३५ करोड १५ लाख ६६ हजार ८ सयलाई बढाएर चालू आर्थिक वर्षमा ४४ करोड ८० लाख पु¥याउने लक्ष्य रहेकोमा वर्तमान विषम परिस्थितिका बाबजुद पनि किसान साकोसको सदस्यकेन्द्रित सेवाहरुले सदस्यहरुको मन जितेको हुनाले सदस्यहरुले संस्थालाई अगाध माया र कारोबारद्वारा साथ दिई किसान साकोसलाई अडिग र भरपर्दो सहकारीको रुपमा उभ्याइदिएकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष श्रीहरि चालिसेले एकाई साधारण सभावाट प्रतिनिधीको रुपमा चयन भै आउनु भएका ५७ जना प्रतिनिधीहरुलाई माईन्यूटमा लेखिएका निर्णयहरु निर्णायर्थ पेश गरि दस्तखतको लागि आह्वान गर्नु भएको थियो भने सदस्यहरुबाट आएका सुझावहरुलाई क्रमश सुधार गर्दे लाने ब्यहोरा समेत सभा समक्ष राख्नु भएको थियो।

सोही कार्यक्रममा पुष्पाञ्जली आमा समूहको थारू सास्कृतिक नृत्य तथा वाल सदस्य ईलिशा चालिसेको बालनृत्य लगायतका प्रस्तुती तथा संस्थाका विभिन्न विधाहरुमा विजेताहरुलाई पुरस्कार एवं सम्मान गरिएको थियो ।

यसै विच २७ औं साधारण सभामा रिक्त रहेको पदमा पदपूर्ती गर्न गठित निर्वाचन उप–समितिका संयोजक श्री रमेश काफ्लेले एकाई साधारणसभावाट समितिलाई दिएको अख्तियारी वमोजिम निर्विरोध सर्वसम्मत रुपमा रिक्त पदमा चयन हुनभएका सचिव श्री सरस्वती कंडेल, कोषाध्यक्ष श्री राजेन्द्र गौतम, सह–सचिव श्री दुर्गा प्रसाद चालिसे र सदस्यमा नवराज सापकोटा र दुर्गादेवी कंडेल सापकोटालाई गोपनियताको सपथ ग्रहण गराई प्रमाणपत्र दिई बधाई ज्ञापन गर्नु भएको थियो ।

नेफ्स्कुन फिल्ड कार्यालय उपसमिति सदस्य, सहज फाउन्डेसन नेपालका अध्यक्ष तथा संस्थाका निवर्तमान अध्यक्ष एवं सञ्चालक सदस्य गोपालप्रसाद गौतमले “समृद्ध सदस्य, दिगो साकोस” नारा सहित किसान साकोस नीति र विधिले चलेको, मानिस र पद भन्दा ठुलो किसान साकोस संस्था रहेकोले रिक्त पदहरुमा सर्वसम्मतिले पदाधिकारीहरु निर्वाचित भएर एकताको सन्देश दिएकोमा धन्यबाद दिनुभयो।

साधारण सभामा विशिष्ट अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ९नेफस्कुन० का लेखा तथा सुपरिवेक्षण समिति संयोजक नवराज सापकोटाले शुभकामना मन्तव्य राख्दै हाल सहकारीमा देखिएका समस्याहरुका वारेमा प्रस्ट पार्दै नीति विधीमा सञ्चालित सहकारीहरुमा वित्तिय कारोवार गर्न डराउन नपर्ने र यस किसान साकोस सबैलाई सहकारी मूल्य मान्यता स्वनियम सिक्ने सिकाउने उदारहणीय संस्थाका रुपमा विकशित भएकोमा धन्यबाद दिनुभयो भयो ।

सोही कार्यक्रममा वोल्दै प्रमुख अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफस्कुन उपाध्यक्ष श्री शान्ति ढकाल अधिकारीले किसान बचत तथा ऋण सहकारी संस्थाले ४अर्व पूँजी पुराएको, सदस्यहरुलाई मोबाईल एप, ट्याबलेट बैंकीङ्ग लगाएतको अत्याधुनिक सेवा सुविधा प्रदान गरेको, सामाजिक कार्यहरु आखादान, रक्तदान र कोभिडको समयमा स्थानिय निकायहरु मार्फत सहयोग गरि उल्लेखनिय काम गरेको बताउदै, हाल सहकारीमा देखिएका वित्तिय संकुचनका अवस्था, कोभिडले साकोस अभियानमा पारेको प्रभावका वारेमा समेत जानकारी दिनु भयो र नियामक निकायले सहकारी संस्थालाई हालको अवस्थामा थप विशेष रुपमा हेर्नु पर्नेमा जोड दिनु भएको थियो ।

नेतृत्व चयनका लागि विशेष भूमिका खेल्नुहुने निर्वाचन समितिका संयोजक रमेश काफ्ले, सदस्य प्रेम सापकोटा, कृष्ण प्रसाद ज्ञवालीलाई कदरपत्र द्धारा सम्मान गर्दे २७ औं साधारण सभामा उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दे संस्थाका अध्यक्षद्धारा कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रमको संचालन संस्थाका लघुवित्त प्रमुख प्रेम अधिकारीले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया