गैंडाकोट । काठमाडौका नेवार समुदायले मनाउने योमरी पुन्ही पर्व सास्कृतिक चेतना जागरण सङ्गै देशभरका अन्य जिल्लाहरूमा पनि पर्व मनाउन सुरु गरिएको छ ।यसैक्रममा नेवा मिसा दबु गैंडाकोट नगरसमितीले नवलपुरका नेवार समुदायबीच जिल्लामा पहिलो पटक योमरी पुन्ही पर्व हरेक वर्ष मनाउनेगरि कार्यक्रम सम्पन्न गरेका छन् ।

“कला संस्कृतिलाई बचाउन जिल्ला र नगरभित्र रहेका सम्पुर्ण नेवार लगाएत विभिन्न जातजातिको पहिचानसङै बिशेष कार्यक्रम ल्याउन लागेको बताउदै कार्यक्रमका प्रमुख अतिथी गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले कार्यक्रम निरन्तरताका लागि शुभकामना दिएका थिए ।

“नेपाल भाषामा थिल्ला पुन्ही पनि भनिने यो पर्वमा देवीदेउतालाई चढाएर मात्र परिवार बसेर योमरी खाने चलन भएपनी हामी हाम्रो संस्कृति र सभ्यतालाई आम मानिससम्म चिनाउन चाहान्छौ कार्यक्रमका अर्का अतिथी अमृत श्रेष्ठले मन्तव्यका क्रममा बताए ।

कार्यक्रममा शिवजङ्ग श्रेष्ठ , प्रकाश सापकोटा , ललित श्रेष्ठ , धुर्वराम पौडेल ,  सन्तोष श्रेष्ठ , गोपाल बस्ताकोटी लगाएतले कार्यक्रमका बारेमा बोलेका थिए । नगर सचीव शर्मिला श्रेष्ठले उपस्थित सम्पुर्णलाई स्वागत गरेको उक्त कार्यक्रम नगरसमिती अध्यक्ष सीता श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

तपाईको प्रतिक्रिया