
रुपन्देही । पश्चिमनवलपरासीको क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि छन् । उनको जित निश्चित देखिएको छ ।
यसअघि नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले जित्दै आएको यो क्षेत्रमा प्रधानले ६८९६ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले २८६४ मत, एमालेका दीपेन्द्र अधिकारीले १५२२ मत पाएका छन् ।
प्रदेशसभा १ मा पनि राप्रपाका उम्मेदवारले ४५८७ मतसहित अग्रता लिएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले २७३९ र लोसपाका उम्मेदवारले २०७८ मत पाएका छन् ।